वास्तविक सुकुम्बासी पहिचान गर्न उनेपाको माग

Thankot Times

थानकोट ।

सुकुम्बासी व्यवस्थापनको विषयमा उज्यालो नेपाल पार्टीले दीर्घकालीन समाधानको माग गरेको छ ।

सुकुम्बासी हटाउने कार्य सुरु भएपछि पार्टीले विज्ञप्ति जारी गर्दै यसप्रति ध्यानाकर्षण भएको जनाएको हो ।

वास्तविक सुकुम्बासीको पहिचान गरी उनीहरूको दीर्घकालीन व्यवस्थापन गर्नुपर्ने माग पार्टीले अघि सारेको छ ।

विज्ञप्तिमा बसोबासको मौलिक हक, मानवीय मर्यादा, सामाजिक न्याय र मानव अधिकारसँग प्रत्यक्ष सम्बन्धित संवेदनशील विषय भएकाले वास्तविक सुकुम्बासीको पहिचान गरी उचित व्यवस्थापन गर्न आवश्यक रहेको उल्लेख गरिएको छ ।

यस्तै, पार्टीले समस्या समाधानका लागि सबै पक्षलाई संवाद र सहमतिको मार्ग अपनाउन आह्वान पनि गरेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *