आज शनिबार कतै यात्रा गर्ने सोंचमा हुनुहुन्छ ? यस्तो छ विभागको पूर्वानुमान

Thankot Times

थानकोट ।

देशका केही स्थानमा आज वर्षाको सम्भावना छ । बदलीसहित हावाहुरी, असिना तथा मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना रहेको छ ।

जल तथा मौसम विज्ञान भिागका अनुसार दिउँसो कोसी, मधेस, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशलगायत कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी र हिमाली भूभागमा साधारणतया बादल लाग्नेछ । सुदूरपश्चिम प्रदेशको तराई भूभागमा आंशिक बादल लाग्नेछ ।

कोसी, वाग्मती, गण्डकी प्रदेशलगायत देशको हिमाली र पहाडी भूभागका केही स्थानमा तथा मधेस प्रदेशलगायत लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई क्षेत्रको थोरै स्थानमा मेघगर्जन/चट्याङ हावाहुरी, असिनासहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ ।

विभागले राति कोसी, मधेस, वाग्मती र गण्डकी प्रदेशलगायत देशको हिमाली र पहाडी भूभागमा साधारणतया बादल बादल लाग्ने बताएको छ । तराई भूभागमा आंशिक बादल लाग्नेछ ।

कोसी, मधेस, वाग्मती र गण्डकी प्रदेशको केही स्थानमा तथा लुम्बिनी र कर्णाली प्रदेशको पहाडी र हिमाली भूभागका थोरै स्थानमा र बाँकी भूभागको एकदुई स्थानमा मेघगर्जन र चट्याङ तथा हावाहुरी, असिनासहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ ।

मौसमविद् विनोद पोखरेल अबको एक हप्ता हरेक दिनजसो वर्षाको सम्भावना रहेको बताउँछन् । “अबको आठ दिन हरेक दिन वर्षा हुने सम्भवना छ । केही ठाउँमा मेघगर्जन र भारी वर्षा हुने सम्भावना रहेको पूर्वानुमान छ,” मौसमविद् पोखरेल सामाजिक सञ्जाल फेसबुकमा लेख्छन्, “वर्षा रोकिने संकेत देखिएको छैन ।”

हाल नेपालमा पश्चिमी र स्थानीय वायुको साथै नेपालको पूर्वी भूभागनजिक तल्लो वायुमण्डलमा रहेको न्यूनचापीय क्षेत्रको प्रभाव रहेको विभागले जनाएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *