पछिल्लो २४ घण्टामा ट्राफिक कारबाहीबाट ६ लाख ४१ हजार राजश्व संकलन

Thankot Times

थानकोट ।

बितेका २४ घण्टामा २ हजार २१८ सवारी चालक सवारी नियम उल्लंघनको कारबाहीमा परेका छन् ।

यसबाट राज्यकोषमा ६ लाख ४१ हजार रुपैयाँ राजश्व दाखिला भएको छ ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादक पदार्थ सेवन गरेको ८६, नियमविपरीत ‘राइड सेयरिङ’ गरेका १७०, ट्राफिक संकेत उल्लंघनकर्ता १४८ र तीव्र गतिमा सवारीसाधन हुइँक्याएका १३९ जनालाई कारबाही गरिएको हो ।

यसैगरी, ‘लेन’ अनुशासन पालना नगर्ने ९४, निषेधित क्षेत्रमा हर्न बजाउने १०८, सडकपेटीमा सवारीसाधन पार्किङ गर्ने १३८, एकतर्फी सडकमा सवारी चलाउने ११० र अन्य सवारी नियमपालना नगरेका १ हजार हजार १२५ जनालाई कारबाही गरिएको हो ।

फाइल फोटो


Leave a Reply

Your email address will not be published. Required fields are marked *