सगरमाथा आरोहणबाट एक अर्बभन्दा बढी राजश्व संकलन

Thankot Times

थानकोट ।

चालु आरोहण मौसममा सर्वोच्च शिखर सगरमाथा केन्द्रीत गतिविधिबाट सरकारले एक अर्ब रुपैयाँभन्दा बढी रोयल्टी आम्दानी गरेको छ।

पर्यटन विभागका तथ्यांक अनुसार मंगलबारसम्म सगरमाथा आरोहणका लागि ४७ वटा आरोहण समूहअन्तर्गत ४६४ जना पर्वतारोहीले अनुमति प्राप्त गरेका छन्।

उनीहरूबाट मात्रै कुल १ अर्ब १ करोड २८ लाख २३ हजार ९२५ रुपैयाँ बराबर रोयल्टी संकलन भएको विभागले जनाएको छ।

सरकारले यस वर्ष शरद यामदेखि आरोहण शुल्क समायोजन गरेपछि राजस्वमा उल्लेखनीय वृद्धि देखिएको हो।

समग्र हिमाल आरोहणतर्फ हेर्दा हालसम्म २९ हिमालमा १२७ समूहका १ हजार ७२ आरोहीले अनुमति लिएका छन्।

सोही आधारमा कुल १ अर्ब १७ करोड ५५ लाख रुपैयाँ बराबर रोयल्टी संकलन भएको तथ्यांक सार्वजनिक गरिएको छ।

अन्य हिमालमध्ये ल्होत्सेमा ९ समूहमार्फत १११ आरोही र अमादब्लममा ९ समूहमार्फत १०४ आरोहीले अनुमति लिएको विवरण छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *