सहकारीका ठूला ऋणीहरूको दोस्रो चरणको नाम सार्वजनिक
थानकोट ।
समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले समस्याग्रस्त सहकारीका ठूला ऋणीहरूको नाम दोस्रो चरणमा सार्वजनिक गरेको छ ।
‘ठूला ऋणीहरूको नामावली प्रकाशन २’ शीर्षका समितिले ११ वटा सहकारीका १०९ ठूला ऋणीहरूको नाम सार्वजनिक गरेको हो ।
यसअघि बुधबार (२३ वैशाख, २०८३) मा समितिले १० समस्याग्रस्त सहकारीका ८७ ठूला ऋणीहरूको नाम सार्वजनिक गरेको थियो ।
नैकापस्थित तपाईं हाम्रो बहुउद्देश्यीय सहकारीका ठूला ऋणीको नाम सार्वजनिक (सूचीसहित)
दोस्रो चरणमा सार्वजनिक ऋणीहरूमा कृषि विकास बहुउद्देश्यीय सकारी संस्था लिमिटेड, गोरखा सेभिङग एन्ड क्रेडिट सहकारी संस्था लिमिटेड, लुःनिभा बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड, हाम्रो नयाँ कृषि सहकारी संस्था लिमिटेड, प्यासिफिक सेभिङग एन्ड इन्भेष्टमेन्ट को–अपरेटिभ लिमिटेड, सोसाइटल बचत तथा ऋण सहकारी संस्था लिमिटेड, पशुपति सेभिङ एन्ड क्रेडिट को–अपरेटिभ लिमिटेड, शिव शिखर बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका ठूला ऋणीहरूको नाम सार्वजनिक गरेको छ ।
यसैगरी स्टाण्डर्ड सेभिङ एन्ड क्रेडिट को–अपरेटिभ लिमिटेड, कान्तिपुर सेभिङग एन्ड क्रेडिट सहकारी संस्था लिमिटेड र लालिगुराँस बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका ठूला ऋणीहरूको नाम सार्वजनिक भएका छन् ।
ठूला ऋणीहरूको नाम पढ्न यो लिंकमा थिच्नुहोस्










