एसइई-२०८२: चन्द्रागिरि-२ स्थित चण्डी भैरव माविका शतप्रतिशत विद्यार्थी उत्तीर्ण

Thankot Times

थानकोट ।

सोमबार (बैशाख २८ गते) सार्वजनिक भएको गत वर्ष सञ्चालित माध्यमिक शिक्षा परीक्षाको नतिजा अनुसार चन्द्रागिरि नगरपालिका वडा नं. २ चिसापानीस्थित चण्डी भैरव माविका शतप्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् ।

गतवर्ष यस विद्यालयबाट १८ जना विद्यार्थी माध्यमिक शिक्षा परीक्षामा सहभागी भएको चन्द्रागिरि नगर शिक्षा शाखाले जनाएको छ ।

२०८१ सालको माध्यमिक शिक्षा परीक्षाामा यस विद्यालयबाट २५ जनाले परीक्षा दिएकोमा १८ जना उत्तीर्ण भएका थिए ।

शैक्षिक वर्ष २०८१ को तुलनामा वर्ष २०८२ को नतिजामा २८ प्रतिशतले सुधार आएको हो ।

एसइई-२०८२: चन्द्रागिरिका २ सामुदायिक विद्यालयलाई १००% सफलता, कंकालीका आभाषलाई ४ जीपीए


Leave a Reply

Your email address will not be published. Required fields are marked *