एसइई-२०८२: चन्द्रागिरि-२ वाँडभञ्ज्याङस्थित भीम माविका ५९ मध्ये ५३ जना विद्यार्थी उत्तीर्ण
थानकोट ।
सोमबार (बैशाख २८ गते) सार्वजनिक भएको गत वर्ष सञ्चालित माध्यमिक शिक्षा परीक्षाको नतिजा अनुसार चन्द्रागिरि नगरपालिका वडा नं. २ वाँडभञ्ज्याङस्थित भीम माविको नतिजा अघिल्लो वर्षको तुलनामा केही सुधार देखिएको छ ।
गतवर्ष यस विद्यालयबाट परीक्षामा सहभागी भएका ५९ जना विद्यार्थी मध्ये ५३ जना उत्तीर्ण भएको चन्द्रागिरि नगर शिक्षा शाखाले जनाएको छ ।
२०८१ सालको माध्यमिक शिक्षा परीक्षाामा यस विद्यालयबाट ३७ जनाले परीक्षा दिएकोमा २८ जना उत्तीर्ण भएका थिए ।
शैक्षिक वर्ष २०८१ को तुलनामा वर्ष २०८२ को नतिजामा १४.१५ प्रतिशतले सुधार आएको हो ।
एसइई-२०८२: चन्द्रागिरिका २ सामुदायिक विद्यालयलाई १००% सफलता, कंकालीका आभाषलाई ४ जीपीए










