एसइई-२०८२: मच्छेगाउँस्थित नारायणजन माविका २० मध्ये १९ जना विद्यार्थी उत्तीर्ण
थानकोट ।
सोमबार (बैशाख २८ गते) सार्वजनिक भएको गत वर्ष सञ्चालित माध्यमिक शिक्षा परीक्षाको नतिजा अनुसार चन्द्रागिरि नगरपालिका वडा नं.९ मच्छेगाउँस्थित नारायणजन माविको नतिजा अघिल्लो वर्षको तुलनामा सुध्रिएको छ ।
गतवर्ष यस विद्यालयबाट परीक्षामा सहभागी भएका २० जना विद्यार्थी मध्ये १९ जना उत्तीर्ण भएको चन्द्रागिरि नगर शिक्षा शाखाले जनाएको छ ।
२०८१ सालको माध्यमिक शिक्षा परीक्षाामा यस विद्यालयबाट २४ जनाले परीक्षा दिएकोमा १९ जना उत्तीर्ण भएका थिए ।
शैक्षिक वर्ष २०८१ को तुलनामा वर्ष २०८२ को नतिजा १५.८३ प्रतिशतले सुधार भएको हो ।










