खानेपानीको धारा जोड्दा नयाँ र पुरानो बस्तीका नाममा विभेद् भएको छ, हामी अनुगमन गर्छाैं- सांसद् विष्ट
थानकोट ।
काठमाडाैं क्षेत्र नंं १० का संघीय सांसद् प्रदिप विष्टले काठमाडाैं उपत्यका भित्रका विभिन्न खानेपानी मुहानहरू सिमित व्यक्ति एवं समुहहरूले कब्जा भएको भन्दै ती मुहानहरूको स्थलगत अनुगमन गरिने बताएका छन् ।
संसद्को पूर्वाधार विकास समितिअन्तर्गत राष्ट्रिय गाैरव उपभोक्ता आयोजना अध्ययन उपसमितिको बैठकमा बिहीबार बोल्दै सांसद् विष्टले सो धारणा राखेका हुन् ।
सो क्रममा उनले भने- खानेपानी उपभोक्ता समितिहरूले नयाँ धारा वितरण गर्दा स्थानीय र नयाँ बस्ती भन्दै लाखाैं रुपैयाँ फरक पर्ने गरि शुल्क लिएको गुनासो प्राप्त भइरहेको छ, हामी त्यस्ता उपभोक्ता समितिहरूको मिहिन ढंगले अध्ययन गर्दैछाैं ।
हरेक उपभोक्ता समितिहरूको बैंक खातामा करोडाैं रुपैयाँ थुप्रिएको सुन्नमा आएको भन्दै उनले भनेका छन्- राजनीतिक दलहरूकै समर्थनका कारण मुहान जिम्मा लिएकाहरूले मनोमानी शुल्क लिएको गुनासो उर्जा तथा जलस्रोत मन्त्रीको टेबलमा पुगेको छ ।
पुराना मुहानहरूमा पानी सुक्दै गएपछि अहिले उपभोक्ता समुहरूले अनियन्त्रित रुपमा डिप बोरिङ गरिरहेका छन्, उपभोक्ताहरूले पनि पानी पाएकै छन्, कालान्तरमा ती बोरिङ सुकेपछि संस्थाका अगुवाहरूले हात उठाउनेवाला छन्- उनले भने ।
काठमाडाैं उपत्यकाका विभिन्न क्षेत्रमा भएका खानेपानीका प्राकृतिक मुहानहरूको सदुपयोग गर्ने हो भने अझैपनि यहीकै पानी समानुपातिक रुपमा खानेपानी वितरण गर्न पर्याप्त रहेको उनको भनाइ छ ।
केही उपभोक्ता समितिहरूले भने राम्रो कार्यसम्पादन गरिरहेको सांसद् विष्टको धारणा छ ।
फाइल फोटो










