नेपाली कांग्रेस कोषाध्यक्षमा उमेश श्रेष्ठ मनोनीत
थानकोट ।
नेपाली कांग्रेसको कोषाध्यक्षमा उमेश श्रेष्ठ मनोनीत भएका छन् ।
नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा २१ को उपधारा (४) बमोजिम केन्द्रीय कार्यसमिति सदस्य श्रेष्ठलाई कांग्रेस केन्द्रीय कार्यसमितिको कोषाध्यक्ष पदमा मनोनयन गरेका हुन् ।
यसअघि श्रेष्ठलाई तत्कालीन कांग्रेस सभापति शेरबहादुर देउवाले पनि कोषाध्यक्ष बनाएका थिए । केही दिनअगाडि श्रेष्ठ केन्द्रीय कार्यसमिति सदस्यमा मनोनयन भएका थिए ।










