टी-२० महिला अन्तर्राष्ट्रिय अभ्यास खेलः दोश्रो खेलमा पनि नेपालद्वारा मलेसिया पराजित

Thankot Times

थानकोट ।

एसियन गेम्स खेल्ने तयारीमा रहेको नेपाली महिला क्रिकेट टोलीले मलेसियालाई पराजित गरेको छ ।

आज बिहान भएको खेलमा नेपालले मलेसियालाई ७ विकेटले पराजित गरेको हो ।

मलेसियाले दिएको ८३ रनको लक्ष्य नेपालले १६ ओभरमा ३ विकेट गुमाएर पूरा गर्‍यो ।

नेपालको जितका लागि सम्झना खड्काले अविजित ३९,कविता कुवँरले १९ तथा सोनी पाख्रिनले १२ रन प्रहार गरे ।

त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको मलेसियाले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर ८२ रन बनाएको थियो ।

मलेसियाका आइन्ना हमिजाह हाशिमले १७, धनुश्री मुहुननले १५ तथा  नुर एरियाना नात्स्यले १२ रन बनाएका थिए । अन्य खेलाडीले दोहोरो अंक बटुल्न सकेनन् ।

नेपालका लागि रुविना क्षेत्री, कविता कुँवर र रिया शर्माले २–२ विकेट लिए ।

यो नेपालको लगातार दोस्रो जित हो । नेपालले बुधबार मलेसियालाई २ विकेटले पराजित गरेको थियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ