नेकपा एमाले सचिवालय बैठक आज पनि बस्दै
थानकोट ।
नेकपा एमालेको सचिवालय बैठक आज पनि बस्ने भएको छ ।
बैठक आज बिहान ११:३० बजे अध्यक्ष केपी शर्मा ओलीको निवास गुण्डुमा बस्नेछ ।
शुक्रबारको बैठकमा पाँच उपाध्यक्षले समीक्षात्मक धारणा प्रस्तुत गरेपछि बैठक स्थगित भएको थियो ।
आजको बैठकमा आएको सुझावको आधारमा कार्य विभाजनका लागि प्रस्तावित नाम संशोधन हुनसक्ने बताइएको छ । बैठकमा १२ जना पदाधिकारीले बोल्ने सूची छ ।
यसपछि नेताहरूको कार्यविभाजनको विषय आज छलफल हुने बताइएको छ ।











