आज आइतबार दिनभरको मौसम पूर्वानुमान जानाैं

Thankot Times

थानकोट ।

जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशमा साधारणतया बदली रहने जनाएको छ ।

मधेश प्रदेशसहित बाँकी प्रदेशका हिमाली तथा पहाडी भू–भागमा आंशिक बदली रहने तथा अन्य तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहने महाशाखाको पूर्वानुमान छ ।

महाशाखाका अनुसार कोशी प्रदेशका साथै बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू–भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ । यस्तै, मधेश प्रदेश तथा बागमती र गण्डकी प्रदेशका तराई क्षेत्र, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा पनि एक–दुई स्थानमा वर्षा तथा हिमपात हुन सक्ने जनाइएको छ ।

यसैबीच, सुदूरपश्चिम र लुम्बिनी प्रदेशका पहाडी भू–भागमा तातो दिन तथा तराई क्षेत्रमा तातो लहर चल्ने सम्भावना रहेको महाशाखाले जनाएको छ । मधेश र कोशी प्रदेशका तराईका केही स्थानमा हावाहुरी चल्न सक्ने भएकाले सतर्कता अपनाउन आग्रह गरिएको छ ।

रातिको समयमा भने कोशी प्रदेशसहित देशका हिमाली भू–भागमा सामान्यदेखि पूर्ण बदली रहने अनुमान गरिएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी क्षेत्रमा आंशिक बदली रहने तथा अन्य पहाडी र तराई भू–भागमा मौसम मुख्यतया सफा रहनेछ ।

महाशाखाका अनुसार राति पनि कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा वा हिमपात हुन सक्ने सम्भावना छ । साथै, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा पनि एक–दुई स्थानमा वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ