काभा महिला भलिबल च्याम्पियनसिप: नेपाल सेमिफाइनलमा

Thankot Times

थानकोट ।

नेपाल काभा महिला भलिबल च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

आइतबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्ड हलमाभएकाे समूह ‘ए’को आफ्नो अन्तिम खेलमा माल्दिभ्सलाई सोझो सेटमा पराजित गर्दै नेपालले अन्तिम चारमा स्थान बनाएको हो ।

नेपालल माल्दिभ्सलाई २५-१२, २५-९, २५-२० ले पराजित गरेको हो ।

लगातार दोस्रो जितपछि नेपाल तीन खेलबाट ७ अंक जोडेर शीर्ष स्थानमा उक्लेको छ । भारत २ खेलबाट ५ अंकसहित दोस्रो र किर्गिस्तान ३ अंकसहित तेस्रो स्थानमा छ ।

अब सोमबार हुने भारत र किर्गिस्तानबीचको खेलपछि यस समूहबाट सेमिफाइनल पुग्नै दोस्रो टोलीको टुंगाे लाग्नेछ ।

माल्दिभ्स समूहको तीनवटै खेलमा पराजित हुँदै बाहिरिएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ