साफ महिला च्याम्पियनसिप: आज नेपालले भुटानको सामना गर्दै

Thankot Times

थानकोट ।

नेपालले साफ महिला च्याम्पियनसिपमा आज भुटानसँग खेल्दै प्रतियोगिताको सुरुआत गर्दै छ । 

खेलमा दुवै टोली विजयी सुरुआतको खोजिमा छन् ।

यी दुईले समूह ‘ए’को पहिलो खेल खेल्न लागेको हुन् । 

नेपाल प्रतियोगिताको ६ पटकको उपविजेता हो ।

नेपालले फाइनलमा अन्तिम समय सम्हालिन नसक्दा सन् २०१०, सन् २०१२, २०१४, २०१९, २०२२ र २०२४ को संस्करणमा उपविजेता बनेको थियो । 

यता, भुटानले भने हालसम्म प्रतियोगितामा सेमिफाइलनभन्दा माथिल्लो नतिजा आत्मसाथ गर्न सकेको छैन्।

टोलीले सन् २०२२ र २०२४ का संस्करणमा सेमिफाइनलसम्मको यात्रा तय गरेको हो । 

साफ च्यम्पियनसिपमा नेपालले हालसम्म भुटानसँग हारको सामना गर्नुपरेको छैन । यी दुईबीच अहिलेसम्म पाँच खेल भएका छन् ।

जसमा नेपालले चार खेल आफ्नो पक्षमा पार्दा एक खेल बराबरीमा सकिएको छ । 

प्रतियोगितामा नेपालले भुटानविरुद्ध २३ गोल गर्दा एक गोल पनि व्यहोरेको छैन । 

यी दुईले पहिलोपटक सन् २०१४ को साफ च्याम्पियनसिपमा एक अर्काको सामना गरेका थिए ।

उक्त खेलमा नेपाल ८–० ले विजयी भएको थियो । 

सन् २०१६ मा पनि नेपाल ६–० ले नै विजयी भएको थियो । नेपालले सन् २०१९ मा ३–० र २०२२ मा ४–० को जित निकालेको थियो ।

सन् २०२४ को पछिल्लो संस्करणमा भने यी दुईले गोलरहित बराबरी खेलेका थिए । 

यी दुईबीचको खेल भारतको गोवास्थित जवहारलाल नेहरु रंगशालामा नेपाली समयानुसार दिउँसो ४ः४५ बजे सुरु हुनेछ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ