चन्द्रागिरि हिल्स आउँदै जगद्गुरु शंकराचार्य श्री श्री विधुशेखर भारती सन्निधानम्
थानकोट ।
नेपालमा ‘धर्म विजय यात्रा’मा रहेका जगद्गुरु शंकराचार्य श्री श्री विधुशेखर भारती सन्निधानम् आज सोमबार चन्द्रागिरि हिल्स आउँदैछन् ।
बिहान १० बजेदेखी मध्यान्ह १२ बजेसम्म उनले भालेश्वर महादेव दर्शनको लागि तालिका बनाएको स्रोतले थानकोट टाइम्सलाई जानकारी दियो ।
यति एअरलाइन्सको चार्टर्ड फ्लाइटमार्फत् गत शुक्रबार काठमाडौँ आएका जगद्गुरु शंकराचार्य जेठ ९ देखि १४ गतेसम्म नेपालमा रहनेछन् ।
शनिबार उनले काठमाडौँको बूढानीलकण्ठमा निर्माण भएको बाल अस्पताल किओचको साँचो अध्यक्ष डा. भगवान कोइरालालाई हस्तान्तरण गरेका थिए ।
जगद्गुरु शंकराचार्यलाई सरकारले विमानस्थलमा स्वागतदेखि सवारीसम्ममा राजकीय सम्मान दिएको थियो । उनी आनन्द पशुपति परिसरस्थित आनन्द बतासको नेपाल–भारतमैत्री पशुपति धर्मशालामा बसिरहेका छन् ।












