आज मौसम कस्तो होला ? यस्तो छ विभागको पूर्वानुमान
थानकोट ।
देशका केही भू-भागमा आज तातो हावाको लहर चल्दा केही स्थानमा भने वर्षाको सम्भावना छ । वर्षा, हिमपात र गर्मीको सम्भावना रहेको छ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो कोसी, मधेस, वाग्मती र गण्डकी प्रदेशलगायत बाँकी हिमाली र पहाडी भू-भागमा साधारणतया बादल लाग्नेछ । तराई भू-भागमा आंशिक बादल लाग्नेछ ।
कोसी, वाग्मती र गण्डकी प्रदेशका हिमाली र पहाडी भू-भागका केही स्थानमा, मधेस, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भू-भागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ ।
वाग्मती र गण्डकी प्रदेशका तराई भू-भागका एकदुई स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको छ ।
सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई भू-भागमा तातो दिन हुने सम्भावना छ ।
विभागका अनुसार राति देशभर साधारणतया बादल लाग्नेछ । वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थान तथा कोसी, मधेस, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ ।
सुदूरपश्चिम कर्णाली र लुम्बिनी प्रदेशका तराई र पहाडी भू-भाग तथा बाँकी तराई भूभागका थोरै स्थानमा हावाहुरीको पनि सम्भावना छ ।
हाल नेपालमा पश्चिमी र स्थानीय वायु तथा नेपालको पूर्वी भू-भागनजिक रहेको न्यूनचापीय क्षेत्रको प्रभाव रहेको विभागले बताएको छ ।












