एसियन गेम्स महिला क्रिकेट छनोट: नेपाल र इन्डोनेसियाबीच आज खेल हुँदै
थानकोट ।
एसियन गेम्स महिला क्रिकेट छनोटमा इन्डोनेसियाको सामना गर्दा नेपाल लगातार दोस्रो जितसहित सेमिफाइनल पुग्ने लक्ष्यमा हुनेछ ।
खेल मलेसियाको बायोमास ओभलमा नेपाली समयानुसार बिहान ११ः४५ बाट सुरु हुनेछ ।
आफ्नो पहिलो खेलमा नेपालले चीनलाई १९ रनले पराजित गरेको थियो ।
यता, इन्डोनेसिया पनि जित निकाल्दै सेमिफाइनल सम्भावनालाई जिवितै राख्ने लक्ष्यमा छ ।
यो खेलमा इन्डोनेसिया विजयी भए समेमिफाइनल पुग्ने टोलीको टुंगो नट रनरेटले लगाउनेछ ।
इन्डोनेसियाले पहिलो खेलमा चीनसँग तीन विकेटको हार व्यहोरेको थियो ।
हाल समूह ‘बी’ मा नेपाल दुई अंकका साथ शीर्ष स्थानमा छ । दोस्रो स्थानको चीनको पनि दुई अंक नै छ । इन्डोनेसियाले अंक जोड्न सकेको छैन ।
नेपाल र इन्डोनेसियाले सात वर्ष तीन महिनापछि प्रतिस्पर्धा गर्न लागेका हुन् । महिला टी–२० अन्तर्राष्ट्रियमा यी टोलीले हालसम्म एकपटक मात्र प्रतिस्पर्धा गरेका छन् ।
सन् २०१९ मा भएको एकमात्र भेटमा नेपालले ९२ रनको सहज जित दर्ता गरेको थियो ।












