मन्त्रिपरिषद्को बैठक बस्दै

Thankot Times

थानकोट ।

शुक्रबार मन्त्रिपरिषद्को बैठक बस्ने भएको छ । शुक्रबार दिउँसो साढे २ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने गरी बैठक बोलाइएको हो ।

मन्त्रिपरिषद्को बैठकले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट पास गर्ने तयारी छ ।

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आजै संघीय संसद्को संयुक्त बैठकमा बजेट प्रस्तुत गर्नेछन् । त्यसका लागि आज अपराह्न ४ बजेका लागि संघीय संसद्को दुवै सदनको संयुक्त बैठक बोलाइएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ