काभा महिला भलिबलः तेस्रो स्थानका लागि भएको खेलमा नेपाल भारत ३-१को सेटमा स्तब्ध
थानकोट ।
काभा महिला भलिबलमा कास्य पदकका लागि भएको खेलमा नेपाल भारतसँग पराजित भएको छ ।
नेपाललाई ३–१ ले पराजित गरेसँगै भारत एसिया कपमा छनोट भएको छ ।
नेपाल भने प्रतियोगितामा छनोट हुन असफल भएको छ ।
पहिलो दोस्रो सेटमा भारतले नेपाललाई हराएको थियो ।
पहिलो सेट २५–२२ र दोस्रो सेटमा भारत २५–२३ विजयी भएको हो ।
तेस्रो सेट नेपालले २५–१५ ले जित्यो । तर, चौथाे सेटमा भारत २५–२२ जित्न पुग्यो ।
नेपाल अघिल्लो दिन इरानसँग र भारत कजाकस्तानसँग सोझो सेटमै पराजित हुँदै सेमिफाइलनबाट बाहिरिएका थिए ।












