मन्त्रिपरिषद् बाट आगामी आर्थिक वर्षको बजेट स्वीकृत

Thankot Times

थानकोट ,

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद्को बैठकले बजेट वक्तव्यलाई सङ्घीय संसद्मा पेश गर्न स्वीकृत गरेको सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जानकारी दिए ।

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आजै अपराह्न ४ बजे सङ्घीय संसद्को संयुक्त सदनमा आगामी आर्थिक वर्षको आयव्ययको अनुमानित विवरण (बजेट) पेस गर्ने कार्यक्रम रहेको छ ।

संवैधानिक व्यवस्था अनुसार जेठ १५ गते नै सरकारले नयाँ आर्थिक वर्षको बजेट सार्वजनिक गर्नुपर्ने प्रावधान रहेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ