बजेट-२०८३: थानकोट-चित्लाङ सुरुङ सम्भाव्यता अध्ययन गरिने

Thankot Times

थानकोट ।

सरकारले देशका विभिन्न क्षेत्रमा थप ६ वटा सुरुङमार्गको सम्भाव्यता अध्ययन अगाडि बढाउने घोषणा गरेको छ ।

प्रतिनिधि सभा र राष्ट्रिय सभाको संयुक्त बैठकमा शुक्रबार आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री स्वर्णिम वाग्लेले थानकोट-चित्लाङ र टोखा–छहरे सुरुङमार्गको सम्भाव्यता प्रक्रिया अघि बढाइने जानकारी दिए ।

यस्तै, जाजरकोटको मुल्सामदेखि जुम्लाको टोप्लासम्म, खुर्कोट-चियाबारी, मझिमटार-शक्तिखोर तथा चिसापानी-बबई सुरुङमार्गको सम्भाव्यता अध्ययन पनि अगाडि बढाइने बजेटमा उल्लेख गरिएको छ ।

नागढुङ्गा सुरुङ मार्ग यही साउन १ गतेबाट सञ्चालन गरिने अर्थमन्त्री वाग्लेको भनाइ छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *