नेपाली कांग्रेसले खुला गर्‍यो नयाँ क्रियाशील सदस्यता, अनलाइनबाटै आवेदन दिन सकिने

Thankot Times

थानकोट ।

संसद्को दोश्रो ठूलो दल नेपाली कांग्रेसले देशभर र विदेशमा रहेका योग्य नेपाली नागरिकहरूका लागि नयाँ क्रियाशील सदस्यता खुला गरेको छ ।

कांग्रेसको सोमबार बसेको सदस्यता व्यवस्थापन केन्द्रीय समितिको बैठकले यस्तो निर्णय गरेको हो ।

पार्टीका महामन्त्री एवं समितिका संयोजक प्रदीप पौडेलको अध्यक्षतामा बसेको उक्त बैठकले नयाँ सदस्य बन्न चाहनेहरूका लागि आवेदन प्रक्रियालाई सहज र प्रविधिमैत्री बनाउने निर्णय गरेको हो ।

पार्टीद्वारा जारी विज्ञप्ति अनुसार नेपालको संविधान, नेपाली कांग्रेसको विधान, नियमावली र पार्टी अनुशासनको पूर्ण पालना गर्ने प्रतिबद्धता जनाउने कुनै पनि नेपाली नागरिकले अब सजिलै कांग्रेसको सदस्यताका लागि आवेदन दिन सक्नेछन् ।

सदस्यता लिन इच्छुक व्यक्तिहरूले पार्टीको आधिकारिक वेबसाइटमार्फत सरल र सहज रूपमा आवेदन फारम भर्न सक्ने व्यवस्था मिलाइएको छ ।

यसअघि सदस्यता वितरणमा देखिने गरेका झन्झटहरूलाई हटाउन र नयाँ पुस्तालाई पार्टीमा आकर्षण गर्न यो अनलाइन प्रणाली प्रभावकारी हुने विश्वास कांग्रेसको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *