नेपाली बजारमा सुनको भाउ हिजो तोलामा २० हजार बढ्यो, आज तोलामा २ सय घट्यो
थानकोट ।
हिजो आइतबार ह्वात्तै बढेको सुनको भाउ आज सोमबार सामान्य घटेको छ ।
यसदिन सुन तोलामा २ सय रुपैयाँ घटेर तोलाको ३ लाख १० हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
हिजो कारोबार हुने हप्ताको पहिलो दिन सुनको भाउ तोलामा २० हजार ५ सय रुपैयाँले बढेको थियो ।
यस्तै आज चाँदीको भाउ भने तोलामा १० रुपैयाँले बढेर ५ हजार ३ सय ५५ रुपैयाँमा कारोबार भइरहेको छ ।
हिजो चाँदीको भाउ तोलामा ३ सय ५ रुपैयाँ बढेर ५ हजार ३ सय ४५ रुपैयाँ थियो ।












