सन्दीप, दीपेन्द्र र कुशल लंका प्रिमियर लिगमा अनुबन्धित

Thankot Times

थानकोट ।

श्रीलंकाको क्रिकेट लिग लंका प्रिमियर लिग (एलपीएल) २०२६ मा तीन नेपाली क्रिकेटर अनुबन्धित भएका छन् ।

यसपटकको ड्राफ्टमार्फत् नेपाली खेलाडीको रूपमा सन्दीप लामिछाने, दीपेन्द्रसिंह ऐरी र कुशल भुर्तेल एलपीएलमा अनुबन्धित भएका हुन् ।

सोमबार भएको ड्राफ्टमार्फत सन्दीप र दीपेन्द्रलाई जाफ्ना किंग्स तथा कुशललाई कोलम्बो क्याप्सले अनुबन्ध गरेको हो ।

सन्दीपले २० हजार तथा दीपेन्द्र र कुशलले १५ हजार अमेरिकी डलर पारिश्रमिक पाउनेछन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *