नेपाल क्रिकेट टोली एसियन गेम्समा छनोट
थानकोट ।
नेपाली पुरुष क्रिकेट टोली एसियन गेम्समा छनोट भएको छ ।
मंगलबार भएकाे समूह ‘ए’ काे खेलमा मलेसियाले चीनलाई हराएसँगै नेपाल र मलेसिया दुवैले प्रतियोगितामा स्थान सुरक्षित गरेका हुन् ।
मंगलबार सिंगापुर नेसनल क्रिकेट ग्राउन्डमा मलेसियाले चीनलाई नाै विकेटले हरायाे ।
चीनले दिएकाे ८६ रनको सामान्य लक्ष्य मलेसियाले ७.५ ओभरमा एक विकेट मात्रै गुमाएर पूरा गर्यो ।
त्यसअघि मलेसियाले टस जितेर फिल्डिङ राेजेपछि ब्याटिङको निम्तो पाएको चीनले निर्धारित २० ओभर नौ विकेट गुमाएर ८४ रनको योगफल तयार पारेको थियो ।
यो जितसँगै समान दुई अंक जोडेकाे मलेसिया र नेपालले एक खेल अगावै सेमिफाइनलमा स्थान बनाएका हुन् ।
७ टोली सहभागी छनोट प्रतियोगितालाई दुई समूहमा विभाजन गरिएको छ ।
हरेक समूहबाट शीर्ष २ टोली सेमिफाइनल प्रवेश गर्ने प्रावधान छ भने सेमिफाइनल पुग्ने चारवटै टोली एसियन गेम्समा पुग्छन् ।
नेपालको समूहमा मलेसिया र चीन मात्र थिए ।
नेपालले यसअघि चीनलाई २२१ रनले पराजित गरेकाे थियो ।












