कस्तो रहला आज बुधबार दिनभरको मौसम ? यस्तो छ पूर्वानुमान

Thankot Times

थानकोट ।

देशका हिमाली तथा पहाडी भू–भागमा बुधबार साधारणतया बदली रहने तथा तराईका अधिकांश क्षेत्रमा आंशिक बदली रहने मौसम पूर्वानुमान गरिएको छ ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले अनुसार दिउँसो हिमाली र पहाडी क्षेत्रका थोरै स्थान तथा लुम्बिनी प्रदेशको तराईका एक–दुई स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा र हिमपात हुन सक्ने सम्भावना रहेको छ ।

मौसमको अवस्थाअनुसार मधेश प्रदेशका साथै कोशी, बागमती र गण्डकी प्रदेशका तराई क्षेत्रमा तातो दिन रहने सम्भावना रहेको जनाइएको छ । उच्च तापक्रमका कारण ती क्षेत्रमा गर्मीको प्रभाव कायम रहने अनुमान गरिएको छ ।

आज राति कोशी र मधेश प्रदेशसहित देशका हिमाली भू–भागमा साधारणतया बदली रहनेछ भने पहाडी भू–भागमा आंशिक बदली रहने मौसम पूर्वानुमान छ । बाँकी तराई क्षेत्रमा भने मौसम मुख्यतया सफा रहने बताइएको छ ।

त्यस्तै, कोशी र मधेश प्रदेशका साथै बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली तथा पहाडी क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षा वा हिमपात हुन सक्ने सम्भावना रहेको महाशाखाले  जनाएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *