एसीसी महिला प्रिमियर कप क्रिकेट: नेपालको विजयी शुरुवात

Thankot Times

थानकोट ।

मलेसियामा आजदेखि शुरु भएको एसीसी महिला प्रिमियर कप क्रिकेटमा नेपालले विजयी शुरुआत गरेको छ ।

नेपालले कतारलाई ८ विकेटले हरायो । 

कतारले दिएको ७७ रनको लक्ष्य नेपालले १० ओभर ५ बलमा २ विकेट गुमाएर भेट्टायो ।

नेपालका लागि बलिङतर्फ रुबिना क्षेत्रीले ३ विकेट लिइन् भने ब्याटिङतर्फ ओपनर बिन्दु रावलले सर्वाधिक ३३ रन बनाइन् ।

पूजा महतोले अविजित २८ रन जोडिन । कतारका शाहरीनवाब खान र खादिजा अमदले १–१ विकेट लिए । 

त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको कतारले १६ ओभर ५ बलमा अलआउट हुँदै ७६ रन बनाएको थियो ।

कतारका लागि ओपनर गेटरुडे चन्दिरुले सर्वाधिक २५ रन बनाइन् । नेपालले अब भोलि आफ्नो दोस्रो खेल भुटानसँग खेल्नेछ । महिला टी–२० एसिया कपको छनोट प्रतियोगितासमेत रहेको एसीसी महिला प्रिमियर कपमा कुल १८ टोली सहभागी छन् ।

टोलीलाई चार समूहमा विभाजन गरिएको छ । 

नेपाल रहेको समूह ‘डी’ मा कतार, भुटान र हङकङ रहेका छन् । नेपालले समूह चरणको अन्तिम खेल आउदो जेठ २३ गते हङकङसँग खेल्ने तालिका छ । यो प्रतियोगिताबाट उत्कृष्ट चार टोली आउँदो महिला एसिया कपका लागि छनोट हुनेछन् । 


Leave a Reply

Your email address will not be published. Required fields are marked *