एभरेस्ट कलरको आईपीओ बिक्री खुला, जेठ २७ गतेसम्म आवेदन दिन सकिने

Thankot Times

थानकोट ।

 एभरेस्ट कलरको प्राथमिक सेयर (आईपीओ) आजबाट बिक्री खुला गरिएको छ ।

सेयर निष्कासन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलले आईपीओ खुला गरेको हो । 

कम्पनीले जारी पूँजी ३० करोड रुपैयाँको २६.३३ प्रतिशत सेयर अर्थात् ७ लाख ९० हजार कित्ता सेयर सर्वसाधारण समूहमा निष्कासन गर्न लागेको हो ।

जसमध्ये वैदेशिक रोजगारमा रहेका, कर्मचारी तथा सामुहिक लगानी कोषका लागि छुट्याएपछि बाँकी रहेको ६ लाख ५५ हजार ७०० कित्ता सेयर आम सर्वसाधारणका लागि खुलेको हो ।

न्यूनतम १० तथा अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सकिनेछ ।

अनलाइन प्रणाली मेरो सेयर वा सीआस्बा सदस्य बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन सकिने छ । जेठ २७ गतेसम्म आवेदन दिन सकिनेछ । 

क्रेडिट रेटिङबाट कम्पनीले बीबी प्लस रेटिङ पाएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *