रास्वपा सभापति रवि लामिछानेद्वारा सर्वदलीय बैठक आह्वान

Thankot Times

थानकोट ।

प्रतिनिधि सभामा पछिल्ला दिनहरूमा देखिएको अवरोध र राजनीतिक असहमतिबीच राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सर्वदलीय बैठक बोलाएका छन्।

विपक्षी दलहरूले प्रधानमन्त्री र सभामुखको भूमिकामाथि प्रश्न उठाउँदै संसद् बैठक नियमित रूपमा अवरुद्ध गर्दै आएपछि समसामयिक राजनीतिक विषयमा छलफल गर्न बैठक आयोजना गरिएको हो।

रास्वपा महामन्त्री कवीन्द्र बुर्लाकोटीका अनुसार बैठक सोमबार बिहान सिंहदरबारस्थित सार्वजनिक लेखा समितिको हलमा बस्नेछ। बैठकका लागि प्रतिनिधि सभा र राष्ट्रिय सभामा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलका अध्यक्ष वा सभापति तथा थप एक-एक प्रतिनिधिलाई आमन्त्रण गरिएको छ।

पार्टीले सम्बन्धित सबै दललाई औपचारिक निमन्त्रणा पठाइसकेको जनाएको छ।

पछिल्लो समय प्रधानमन्त्री वालेन्द्र शाह द्वारा सीमा विषयमा व्यक्त भनाइपछि विपक्षी दलहरूले सदनमा निरन्तर प्रश्न उठाउँदै आएका छन्। त्यस्तै सभामुखको भूमिकालाई लिएर पनि आलोचना बढ्दै गएपछि संसद् बैठक प्रभावकारी रूपमा सञ्चालन हुन सकेको छैन।

पाँच दिनको अवरोधपछि सोमबार प्रतिनिधिसभाको बैठक बस्ने तयारी छ। उक्त बैठक अघि नै राजनीतिक सहमति खोज्ने उद्देश्यले सभापति लामिछानेले सर्वदलीय छलफल अघि सारेका हुन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *