राप्रपा केन्द्रीय समिति बैठकको मिति सर्यो
थानकोट ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले केन्द्रीय समिति बैठकको मिति केही समय पर सारेको छ ।
पार्टी प्रवक्ता मोहन श्रेष्ठले जेठ २८ र २९ गते हुने भनिएको बैठक विशेष कारणवश असार ५ र ६ गते काठमाडौँमा बस्ने तय भएको जानकारी दिए ।
बैठकमा राजनीतिक, आर्थिक एवं सचिवालय सम्बन्धि प्रतिवेदनहरू पेस हुने उनले बताए ।
बैठकमा समसामयिक परिस्थितिको समीक्षा, संविधान संशोधनका सम्बन्धमा पार्टीको दृष्टिकोण, साङ्गठनिक सुदृढीकरण, सबै तहको अधिवेशन, पार्टीको महाधिवेशनको तयारी एवं महाधिवेशनको मिति समेत तय हुने राप्रपाले जनाएको छ ।












