नेपाली कांग्रेसको ‘आईडी कार्ड’ पाउनेको संख्या ४ लाख २३ हजार नाघ्यो

Thankot Times

थानकोट ।

नेपाली कांग्रेसको मंगलबारसम्म क्रियाशील सदस्यता अद्यावधिक गर्नेको संख्या ७ लाख ८२ हजार २०९ पुगेको छ ।

कांग्रेस महामन्त्री तथा क्रियाशील सदस्यता व्यवस्थापन समिति संयोजक प्रदीप पौडेलका अनुसार उनीहरूमध्ये ४ लाख २३ हजार २३७ जनाले कांग्रेस आईडी प्राप्त गरिसकेका छन् ।

त्यस्तै, १ लाख १ हजार ३०९ जनाले स्वयं अद्यावधिक फारम पेस गरी अद्यावधिक प्रक्रियामा रहेका छन् । २ लाख ५७ हजार ६६३ जनाको विवरण अद्यावधिक गर्न बाँकी रहेको अवस्था छ ।

क्रियाशील सदस्यता अद्यावधिक गर्ने समय अब २ दिन मात्र बाँकी रहेको छ । बाँकी रहेको २ दिनमा क्रियाशील सदस्यता अनिवार्य अद्यावधिक गर्न पनि महामन्त्री पौडेलले आह्वान गरेका छन् ।

‘नेपाली कांग्रेसका आदरणीय अग्रज नेतृत्व, विभिन्न तहका पदाधिकारीज्यूहरू तथा सम्पूर्ण अगुवा साथीहरूमा आ–आफ्नो सदस्यता अद्यावधिक गर्नुका साथै आफ्नो क्षेत्रभित्रका अन्य क्रियाशील सदस्यहरूलाई समेत यस प्रक्रियामा सक्रियतापूर्वक सहजीकरण गरिदिनुहुन विशेष अपिल गर्दछु,’ पौडेलले भने ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ