फिफा विश्वकप फुटबल २०२६ः ट्युनिसियामाथि स्विडेनको सहज जित
थानकोट ।
फिफा विश्वकप २०२६ अन्तर्गतको खेलमा स्विडेनले ट्युनिसियामाथि शानदार जित निकालेको छ ।
सोमबार बिहान मेक्सिकोको मोन्टेरी रंगशालामा भएको खेलमा स्विडेनले ट्युनिसियामाथि ५–१ गोलको शानदार जित निकालेको हो ।
स्विडेनको जितमा यासिन अयारीले २ तथा अलेक्जेन्डर इसाक, भिक्टर ग्योकेरेस र म्याटियास स्वानबर्गले १/१ गोल गरे ।
ट्युनिसियाका उमर रेकिकले १ गोल फर्काए ।
सातौँपटक विश्वकपमा सहभागी भएको ट्युनिसिया पहिलोपटक समूह चरण पार गर्ने लक्ष्यमा थियो । तर, स्विडेनसँग पराजित हुन पुग्यो ।
स्विडेन पनि अघिल्लो विश्वकपमा छनोट भएको थिएन । तसर्थ, उसले यो विश्वकपमा सुखद ‘कम्ब्याक’ गर्न चाहन्छ । र, सोहीअनुसार पहिलो खेलको नतिजा उसको पक्षमा परेको छ ।
समूह ‘एफ’मा रहेको स्विडेन यो जितपछि ३ अंकसहित शीर्ष स्थानमा पुगेको छ ।
यही समूहबाट गएराति भएको खेलमा जापान र नेदरल्यान्डसले बराबरी खेल्दै अंक बाँडेका थिए ।
तस्बिरः फिफा










