सरकारले २०५८ जेठ १९ मा भएको दरबार हत्याकाण्डबारे फेरि अनुसन्धान गर्ने
थानकोट ।
सरकारले २०५८ साल जेठ १९ गते भएको नारायणहिटी दरबार हत्याकाण्डबारे फेरि अनुसन्धान गर्ने भएको छ ।
गृह मन्त्री सुधन गुरुङले मंगलबार साँझ पदभार ग्रहण गर्दै यसअघिका अनुसन्धान प्रतिवेदन अध्ययन गर्दै थप छानबिनको प्रक्रिया अघि बढाउने जानकारी दिएका हुन् ।
‘अब हरेक फाइल खोलिन्छ’, गृहमन्त्री गुरुङले भने ।












