सतुङ्गल-देउराली-फाखेल सडकसहित तीन सडक पूर्णरूपमा अवरुद्ध

Thankot Times

थानकोट ।

बाढी पहिरोको जोखिमको कारण सतुङ्गल-देउराली-फाखेल सडकसहित देशका ३ सडक आज पनि अवरुद्ध छन्।

एउटा सडकमा एकतर्फी सवारी चलिरहेका प्रहरीले जनाएको छ।

काठमाडौँको चन्द्रागिरि नगरपालिका-९ देउरालीमा सडक मर्मत कार्य जारी रहेकाले सतुंगल-चित्लाङ सडक अहिले बन्द छ।

यो सडक एक महिना नै बन्द रहने प्रहरीले जनाएको छ।

सम्भावित बाढीको जोखिम रहेकाले खुर्कोट-नेपालथोक कटुन्जेबेँसी (बीपी राजमार्ग) भएर चल्ने सवारी साधन सञ्चालनमा रोक लगाइएको प्रहरीले जनाएको छ।

उता बाढीको जोखिम बढेपछि पाँचथरको याङवरक गाउँपालिकाका- ३ ठाउँमा मध्यपहाडी राजमार्ग पूर्णरुपमा अवरुद्ध भएको छ। भोजपुरमा मध्यपहाडी लोकमार्गमा एकतर्फी मात्रै गाडी चलिरहेका छन्।

हेर्नुहोस् अवरुद्ध र एकतर्फी सडकको सूची


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ