बीपी राजमार्गमा यात्रुबस दुर्घटना, ७ जनाको मृत्यु, १५ जना घाइते

Thankot Times

थानकोट ।

बीपी राजमार्ग अन्तर्गत काभ्रेको बुच्चाकोटमा यात्रुवाहक बस दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ ।

 दुर्घटनामा परी घाइते भएका १५ जनालाई उद्धार गरी अस्पताल पठाइएको छ ।

बनेपाबाट रोशी गाउँपालिकाको खार्पाचोक हुँदै सुँगुरे जाँदै गरेको बा३ ख ८३९८ नम्बरको बस बीपी राजमार्गको नमोबुद्ध नगरपालिका-२ बुच्चाकोटमा दुर्घटनामा परेको हो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *