फिफा विश्वकप फुटबल २०२६: क्यानडा र बोस्निया एन्ड हर्जगोभिनाबीचको खेल १-१ को बराबरीमा

Thankot Times

थानकोट ।

फिफा विश्वकपअन्तर्गत आयोजक राष्ट्रमध्येको एक क्यानडा र बोस्निया एन्ड हर्जगोभिनाबीचको खेल १-१ को बराबरीमा टुंगिएको छ ।

नेपाली समयअनुसार शनिबार बिहान क्यानडाको टोरन्टो रंगशालामा भएको खेल १-१ को बराबरीमा रोकिएको हो ।

खेलको २१औँ मिनेटमा हर्जगोभिनाका जोभो लुकिकले गोल गर्दै टोलीलाई १-० को अग्रता दिलाएका थिए ।

त्यसपछि खेलमा फर्किन संघर्ष गरेको क्यानडाले ७८औँ मिनेटमा गोल गर्‍यो ।

उक्त समयमा क्यानडाका साइल लरिनले गोल गरे ।

त्यसपछि दुवै टोलीले गोल गर्न सकेनन् ।

समूह ‘बी’मा रहेका यी दुई टोलीले १-१ अंक बाँडेका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ