पछिल्लाे २४ घण्टामा दुई हजार ५३५ जना सवारीचालक ट्राफिक प्रहरीको कारबाहीमा

Thankot Times

थानकोट ।

पछिल्लाे २४ घण्टामा दुई हजार ५३५ सवारीचालक सवारी नियम उल्लंघनको कारबाहीमा परेका छन् ।

कारबाहीबाट राज्यकोषमा १९ लाख ७७ हजार राजस्व दाखिला भएको छ ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादकपदार्थ सेवन गरेको १०१, नियमविपरीत ‘राइड सेयरिङ’ गरेका १२९, संकेत बत्ती उल्लंघनकर्ता १०६ र तीव्रगतिमा सवारी साधन हुइँक्याएका १३८ जनालाई कारबाही गरिएको हो ।

यसैगरी, ‘लेन’ अनुशासन पालना नगर्ने ८१, निषेधित क्षेत्रमा हर्न बजाउने १४१, सडकपेटीमा सवारी साधन पार्किङ गर्ने ११७, एकतर्फी सडकमा सवारी चलाउने ११३ र अन्य सवारी नियम पालना नगरेका एक हजार ६०९ जनालाई कारबाही गरिएको हो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *