फिफा विश्वकप फुटबल २०२६: कोलम्बियाको सहज जित, उज्बेकिस्तान ३-१ ले स्तब्ध

Thankot Times

थानकोट ।

फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘के’मा रहेको कोलम्बियाले उज्बेकिस्तानमाथि सहज जित दर्ता गरेको छ ।

नेपाली समयअनुसार बिहीबार बिहान मेक्सिको सिटी रंगशालामा भएको खेलमा कोलम्बियाले उज्बेकिस्तानमाथि ३–१ गोलको सहज जित दर्ता गरेको हो ।

डेनियल मुनोजले ४०औँ मिनेटमा गोल गर्दै कोलम्बियालाई सुरुवाती अग्रता दिलाएका थिए ।

त्यसपछि पहिलो हाफमा कुनै पनि गोल हुन सकेन ।

उज्बेकिस्तानले ६०औँ मिनेटमा गोल फर्काएको थियो । उक्त समयमा उज्बेकिस्तानका लागि अबोस्बेक फैजुल्लाएभ गोल गरेका थिए ।

तर, त्यसपछि पनि कोलम्बियाले २ गोल थप गर्दै खेलको नजिता आफ्नो पक्षमा ल्यायो ।

कोलम्बियाका लुइस डियाजले ६५ तथा जामिन्टन क्याम्पाज इन्जुरी समयमा गोल गरे ।

यो जितसँगै कोलम्बिया समूह ‘के’को शीर्ष स्थानमा उक्लिएको छ ।

यसअघि बुधबार राति भएको खेलमा पोर्चुगल र डीआर कंगोले बराबरी खेल्दै अंक बाँडेका थिए । 

प्रतियोगिता अन्तर्गत आज राति पाैने १० बजे चेक रिपब्लिकले दक्षिण अफ्रिकाको सामना गर्नेछ । यस्तै भोलि बिहान पाैने १ बजे स्वीजरल्याण्डले बोसनिया हर्ज गोभिनासँग् खेल्नेछ । भोलि बिहान पाैने ४ बजे कतार र क्यानडाबीच खेल हुनेछ । यस्तै बिहान पाैने ७ बजे मेक्सिको र दक्षिण कोरियाबीच खेल हुने तालिका रहेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *