दुई हजार ४५८ जना सवारी चालकमाथि ट्राफिक कारबाही, १९ लाख ६० हजार राजस्व संकलन

Thankot Times

थानकोट ।

बितेका २४ घण्टामा दुई हजार ४५८ सवारी चालक सवारी नियम उल्लंघनको कारबाहीमा परेका छन् ।

यसबाट राज्यकोषमा रु. १९ लाख ६० हजार ५०२ राजस्व दाखिला भएको छ ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादक पदार्थ सेवन गरेको १५५, नियम विपरीत ‘राइड सेयरिङ’ गरेका ८७, संकेत बत्ती उल्लंघनकर्ता १२४ र तीव्र गतिमा सवारीसाधन हुइँक्याएका १५७ जनालाई कारबाही गरिएको हो । 

यसैगरी, ‘लेन’ अनुशासन पालना नगर्ने ८०, निषेधित क्षेत्रमा हर्न बजाउने १०८, सडक पेटीमा सवारीसाधन पार्किङ गर्ने ९८, सवारीसाधनको अवस्था परीक्षण नगरी सडकमा सवारी निकाल्ने २२ र अन्य सवारी नियम पालना नगरेका एक हजार ६२७ जनालाई कारबाही गरिएको हो ।

फाइल फोटो


Leave a Reply

Your email address will not be published. Required fields are marked *