आज ‘रुदाने’ स्मृति दिवस, थाहा नगरक्षेत्रमा सार्वजनिक बिदा
थानकोट ।
अभियन्ता रुपचन्द्र विष्ट (रुदाने)को स्मृति दिवसका अवसरमा मकवानपुरको थाहा नगरपालिकाले आज (असार ७ गते)आइतबार नगर क्षेत्रमा सार्वजनिक बिदा दिएको छ ।
नगरको असार ५ गते बसेको कार्यपालिका बैठकले उक्त बिदा निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत निरज पाैडेलले जानकारी दिए ।
रूपचन्द्र विष्ट मकवानपुरलाई आफ्नो कार्यक्षेत्र बनाएर चेतना फैलाउने शिक्षावादी, जनबादी नेता थिए ।
रूपचन्द्र विष्ट त्यस्ता नेपाली थिए, जो राजनीति गरेर राजनीतिज्ञ कहलिएनन् । श्रम गरेर पनि श्रमिक भनिएनन्, साहित्य लेखेर साहित्यकारमा दरिएनन् । मौलिक दर्शन स्थापित गरेर पनि दार्शनिक भनिएनन् ।
उनलाई एक सनकी मान्छेका रुपमा तत्कालिन शासकले उनलाई चित्रण गर्यो ।
थाहा अभियानका त्यतिवेलाका एक अभियन्ता मदन राई थाहा अभियानलाई नेपाली माटोमा जन्मिएको दर्शन भन्छन् ।











