१ हजार ७ सय ८२ जना सवारीचालकमाथि ट्राफिक कारबाही

Thankot Times

थानकोट ।

बितेका २४ घण्टामा एक हजार ७८२ सवारीचालक सवारी नियम उल्लंघनको कारबाहीमा परेका छन् ।

यसबाट राज्यकोषमा चार लाख ९४ हजार राजस्व दाखिला भएको छ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादकपदार्थ सेवन गरेको ८३, नियमविपरीत ‘राइड सेयरिङ’ गरेका ७५, संकेत बत्ती उल्लंघनकर्ता ८२ र तीव्रगतिमा सवारीसाधन हुइँक्याएका ११० जनालाई कारबाही गरिएको हो।

‘लेन’ अनुशासन पालना नगर्ने ६५, निषेधित क्षेत्रमा हर्न बजाउने ७१, सडकपेटीमा सवारीसाधन पार्किङ गर्ने ८७, एकतर्फी बाटोमा सवारी चलाउने ६८ र अन्य सवारी नियम पालना नगरेका एक हजार १४१ जनालाई कारबाही गरिएको हो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ