फिफा विश्वकपको १०००औँ खेलमा जापानको ऐतिहासिक जित
थानकोट ।
फिफा विश्वकपको १०००औं खेलमा जापानले ट्युनिसियामाथि ४-० को शानदार जित हात पारेको छ ।
समूह एफमा पहिलो जतिपछि जापानले नकआउट चरणमा प्रवेश गर्ने सम्भावन-लाई बलियो बनाएको छ ।
दुई खेलबाट जापानको नेदरल्यान्ड्स समान ४ अंक भएको छ ।
मेक्सिकोको मोन्टेरेमा भएको खेलमा जापानका लागि असाय उएदाले दुई तथा दाइची कामाडा र जुन्या इटोले एक-एक गोल गरे ।
जापानले पहिलो खेलमा नेदरल्यान्ड्ससँग २-२ को बराबरी खेलेको थियो ।अर्कोतर्फ ट्युनिसिया भने लगातार दोस्रो हारपछि समूह चरणबाटे बाहिरिएको छ । ट्युनिसिया पहिलो खेलमा स्वीडेनसँग ५-१ ले पराजित भएको थियो ।
जापानले विश्वकपमा ट्युनिसियालाई दोस्रो पटक पराजित गरेको हो ।
यसअघि सन् २००२ मा घरेलु मैदानमा विश्वकपमा जापानले ट्युनिसियालाई २-० ले पराजित गरेको थियो ।
तस्बिरः एपी










