फिफा विश्वकप फुटबल २०२६: स्पेनको सहज जित, केब भर्डेलाई लगातार दोश्रो अंक

Thankot Times

थानकोट ।

जारी फिफा विश्वकप फुटबलअन्तर्गत समूह चरणको खेलमा स्पेनले साउदी अरेबियामाथि ४–० को जित दर्ता गरेको छ ।

यो विश्वकपमा स्पेनको यो पहिलो जित हो । पहिलो खेलमा केब भार्डेसँग बराबरी खेलेको स्पेनले यस जितसँगै चार अंक जोड्दै समूहको शीर्ष स्थानमा उक्लिएको छ ।

स्पेनका लागि १० औँ मिनेटमा लामिन यामालले पहिलो गोल गरे ।

त्यसपछि २१औँ र २३औँ मिनेटमा मिकेल ओयारजाबालले लगातार दुई गोल थप्दै टोलीलाई ३–० को सहज अग्रता दिलाए ।

दोस्रो हाफमा साउदी अरेबियाका हसन अल–तम्कदीबाट आत्मघाती गोल भएपछि स्पेनको अग्रता ४–० पुग्यो ।

खेलको अन्त्यतिर फेरान टोरेसले गोल गरेपनि अफसाइडका कारण त्यसले मान्यता पाएन ।

सोमबार बिहान इरान र बेल्जियमबीचको खेल गोलरहित बराबरीमा सकिएकोे छ ।

गएराति खेलको २४ औँ मिनेटमा इरानका मेहदी तोरेबीले बललाई जाली चुमाए पनि भिडियो सहायक निर्णायकको परीक्षणपछि अफसाइड ठहर हुँदा गोलले मान्यता पाएन ।

त्यसपछि बेल्जियमले लगातार प्रहार गरे पनि इरानी गोलरक्षक अलिरेजा बेरानभान्दले उत्कृष्ट बचाउ गर्दै टोलीलाई संकटबाट जोगाए । बेल्जियमका नाथान एनगोये रातो कार्ड पाउँदै मैदानबाट बाहिरिएका थिए ।

सोमबार बिहान फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘एच’ को खेलमा केब भर्डे र उरुग्वेबीचको खेल २–२ को बराबरीमा सकिएको छ । मियामी स्टेडियममा दुवै टोलीले दुई–दुई गोल गरेका छन् ।

उरुग्वेले खेलको सुरुवातमै अग्रता लिएको थियो । केभिन पिनाले २१औँ मिनेटमा गोल गर्दै केप भर्डेलाई अघि बढाए पनि उरुग्वेले पहिलो हाफभित्रै खेल उल्ट्यायो ।

म्यानुएल अराउहोले ४४औँ मिनेटमा बराबरी गोल गरे । दोस्रो हाफमा केप भर्डेले आक्रामक खेल प्रदर्शन गर्दै ६१औँ मिनेटमा हेलियो भेरेलाको गोलमार्फत खेललाई पुनः बराबरीमा ल्यायो ।

विश्वकप फुटबलमा अहिले बिहान पौने ७ बजे क्यानडाको भ्यानकुभरको बहुउद्देश्यीय रङ्गशालामा न्यूजिल्यान्ड र इजिप्टबीच खेल भइरहेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *