राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलाे महाधिवेशनअन्तर्गत उपसभापति पदमा स्वर्णिम वाग्ले निर्विरोध निर्वाचित भएका छन् ।
उपसभापति पदका लागि वाग्लेको मात्र उम्मेदवारी परेपछि उनी निर्विरोध निर्वाचित भएका हुन् । वाग्लेको उम्मेदवारीमा रास्वपाका नवनिर्वाचित केन्द्रीय सदस्य विराजभक्त श्रेष्ठ प्रस्तावक थिए ।
यसअघि श्रेष्ठ स्वयम् पनि उपसभापति पदका आकांक्षीका रूपमा चर्चामा थिए । तर, उनले आफ्नो दाबी छाड्दै वाग्लेको उम्मेदवारीलाई समर्थन गरेका हुन् ।
यसैबीच, अर्को महिला उपसभापति पदमा भने निर्वाचन हुने देखिएको छ । एक पदका लागि इन्दिरा रानामगर, सोविता गौतम, समीक्षा बाँस्कोटा, लिमा अधिकारी र डा. ताेसिमा कार्कीबीच प्रतिस्पर्धा हुँदै छ ।