कांग्रेस केन्द्रीय निर्वाचन समितिमा दुईजना अधिवक्ता मनोनीत
थानकोट ।
नेपाली कांग्रेसले केन्द्रीय निर्वाचन समितिमा दुईजनालाई मनोनीत गरेको छ ।
सभापति गगनकुमार थापाले वरिष्ठ अधिवक्ता प्रेमबहादुर खड्काको संयोजकत्वमा रहेको समितिमा वरिष्ठ अधिवक्ता सुजन लोप्चनलाई सदस्य तथा अधिवक्ता राजु कटुवाललाई सदस्य–सचिवमा मनोनीत गरेका हुन् ।
नेपाली कांग्रेसको विधान, २०१७ (संशोधनसहित)को धारा ३५ बमोजिम उक्त मनोनयन गरिएको पार्टीका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिए ।









