चन्द्रागिरि क्षेत्रमा बिहानैदेखि छिटपुट वर्षा, दिउँसो भारी वर्षाको सम्भावना

Thankot Times

थानकोट ।

देशका केही स्थानमा आज भारीदेखि धेरै भारी वर्षाको सम्भावना छ । मधेस प्रदेशका केही भूभागमा भारी वर्षाको पनि पूर्वानुमान छ । तराईका केही स्थानमा धेरै भारी वर्षाको सम्भावना छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो देशभर साधारणतया बादल लाग्नेछ । हिमाली भूभागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ ।

कोसी, वाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भूभागका केही स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना छ ।

मधेस र कर्णाली प्रदेशको पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ । देशको पहाडी भूभागको एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

मधेस, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भूभागका केही स्थानमा हावाहुरीको सम्भावना छ ।

विभागले राति देशभर अधिकांश स्थानमा बादल लाग्ने बताएको छ । हिमाली भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ ।

मधेस, कोसी, वाग्मती र गण्डकी प्रदेशको पहाडी र तराई भूभागका धेरै स्थानमा, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भुभाग, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भूभागका केही स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ ।

मधेस, कोसी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी र तराई भूभागको थोरै स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना छ ।

जलवायुविज्ञ धर्मराज उप्रेती मनसुन थप सक्रिय हुँदै गएको बताउँछन् । “आज साँझसम्म पश्चिम  तराई (कपिलवस्तु, दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुर)मा मध्यमदेखि भारी वर्षाको सम्भावना देखिएको छ,” उप्रेती फेसबुकमा लेख्छन्, “आजदेखि भोलि पूर्वी तराईलगायतमा पनि मध्यमदेखि भारी वर्षा हुने सम्भावना छ ।”

बढी  सावधानी आज आवश्यक रहेको उनले बताउका छन् ।

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यूनचापीय रेखा नेपालको पूर्वी भूभागतर्फ सरदरभन्दा दक्षिणमा र पश्चिमी भूभागतर्फ सरदर स्थानको आसपास अवस्थित छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *