पूर्वअमिर शेख हमदको दोहामा अन्त्येष्टि

Thankot Times

थानकोट ।

कतारलाई समृद्ध र विश्व प्रभावशाली राष्ट्रका रूपमा स्थापित गर्न महत्त्वपूर्ण भूमिका खेलेका पूर्वअमिर (फादर अमिर) शेख हमद बिन खलिफा अल थानीको ७४ वर्षको उमेरमा निधन भएपछि आइतबार दोहामा इस्लामिक परम्पराअनुसार अन्त्येष्टि गरिएको छ ।

दोहास्थित इमाम मोहम्मद इब्न अब्द अल–वहाब मस्जिदमा साँझको नमाजपछि आयोजित सादा श्रद्धाञ्जली समारोहमा परिवारका सदस्य, उच्च अधिकारी तथा सर्वसाधारण सहभागी भएका थिए । उनका पुत्र तथा वर्तमान अमिर शेख तमिम बिन हमद अल थानीले शवलाई अन्तिम बिदाइ दिएका थिए । त्यसपछि उनको शव दोहाको उत्तरमा रहेको लुसाइल कब्रिस्तानमा दफन गरिएको अल जजिराले जनाएको छ ।

सन् १९९५ देखि २०१३ सम्म शासन गरेका शेख हमदको नेतृत्वमा कतारले प्राकृतिक ग्यास (एलएनजी) उत्पादन र निर्यातमा उल्लेखनीय प्रगति गर्दै विश्वकै अग्रणी एलएनजी निर्यातकर्ता बनेको थियो । यस अवधिमा कतारको अर्थतन्त्र तीव्र रूपमा विस्तार भएको थियो ।

सन् २०१३ मा उनले स्वेच्छाले सत्ता आफ्ना छोरा शेख तमिमलाई हस्तान्तरण गरेका थिए, जुन खाडी क्षेत्रका वंशानुगत शासकमध्ये दुर्लभ निर्णय मानिन्छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *