कुलेश्वरमा गोली चल्यो, दुईजना पक्राउ
थानकोट ।
प्रहरीले लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिन गोली चलाएको छ ।
लागुऔषध नियन्त्रण ब्युरो कोटेश्वरको टोलीले आइतबार गोली हानेर कुलेश्वरबाट दुईजनालाई नियन्त्रणमा लिएको हो ।
दुवैजनाको घुडामूनी गोली लागेको छ ।
पक्राउ गर्न पुगेको प्रहरी टोलीमाथि नै आक्रमण तथा भाग्न खोजेपछि प्रहरीले गोली चलाएको ब्युरोका एसपी दुर्गा रेग्मीले जानकारी दिए ।
उनीहरूको साथबाट प्रहरीले लागुऔषध ट्रामाडोल बरामद गरेको छ । प्रहरीले पाँच राउन्ड हवाई फायर र दुई राउन्ड गोली हानेको हो ।










