२०औं एसियाली खेलकुदः महिला भलिबल, नेपाल जापान रहेको समूह ‘ए’ मा
थानकोट ।
नेपालको महिला भलिबल टोली जापानमा हुने २०औं एसियाली खेलकुदमा आयोजक राष्ट्र रहेको समूह ‘ए’ मा परेको छ।
आगामी सेप्टेम्बर १९ देखि अक्टोबर ४ तारिखसम्म जापानको आइची/नागोया सहरमा एसियन गेम्स आयोजना हुँदै छ।
उक्त एसियन गेम्समा नेपालको महिला भबिलल टोलीले पनि प्रतिस्पर्धा गर्दै छ। नेपालको समूह ‘ए’ मा जापानसँगै र इन्डोनेसिया पनि छन्।
बिहीबार भएको ‘ड्र’ बाट समूहमा रहने टोलीको टुङ्गो लागेको हो। भलिबल खेलको प्रतिस्पर्धा ओकाजाकी चुओ सोगो पार्क र पार्क एरिना कोमाकीमा हुँदै छ।
समूह ‘बी’ मा हङकङ, मलेसिया र ओमान छन्। समूह ‘सी’ मा थाइल्यान्ड, चाइनिज ताइपेई, किर्गिस्तान र मंगोलिया तथा समूह ‘डी’ मा भियतनाम, दक्षिण कोरिया, हङकङ र कतार छन्।
नेपाली महिला भलिबल टोलीले लगातार दोस्रोपटक प्रतियोगिता खेल्न लागेको हो। विश्व वरीयतामा एसियाका शीर्ष १६ टोलीभित्र रहँदै नेपाल सहभागी भएको हो।










